काठमाडौँ – बुधबार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पूर्वाधार विकास समितिको बैठकमा काँग्रेस सांसद अनुपस्थित भएको छन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि आमन्त्रित थिए ।
आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित उजुरीबारेको छलफल गर्ने कार्यसूची थियो । समिति स्रोतका अनुसार मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको थियो । उक्त ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोप समितिमा प्राप्त उजुरीहरूमा लगाइएको छ ।
छलफलका लागि समितिले बोलाएकै समयमा ऊर्जामन्त्री खड्का र राज्यमन्त्री तामाङ उपस्थित भएका थिए । तर, गणपूरक संख्या नपुग्दा बैठक स्थगित हुन पुगेको छ । समिति सभापति दीपक बहादुर सिंहका अनुसार बैठक सञ्चालनका लागि २ जना सांसदको संख्या नपुग्दा स्थगित गरिएको हो । २५ सदस्यीय समितिमा गणपूरक संख्या पुर्याउन १४ जना सांसद्को आवश्यकता पर्छ ।
तर, बुधबारको बैठकमा जम्मा १२ जना मात्रै सांसद उपस्थित हुन पुगेको सभापति सिंहको भनाइ छ ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend