काठमाडौं । आज २०८१ साल माघ १६ गते बुधबारको राशिफल ।
मेष
व्यापार व्यवसायमा नयाँ अनुबन्धलाई लिएर ध्यान दिनुहोस्। कार्यक्षेत्रमा आफ्नो गल्तीहरू सुधार्ने प्रयास गर्नुहोला। शत्रुहरूबाट टाढै बस्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
आफ्नो योजनाहरूलाई अगाडि बढाउन लगनशीलताको परिचय दिनुहोस्। साझेदारी व्यापार व्यवसायमा साझेदारसँग मनमुटावका योग छन् जसले गर्दा कामलाई बीचमा छोड्नुपर्ने सम्भावना रहेको छ। कारोबार विस्तारको लागि योजनाहरू बन्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
उद्योग व्यापारमा थप लगानीबाट लाभ प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा कार्यलाई सम्पादन गर्नमा विश्वास राख्नुहोस्। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
तुला
आफन्तहरूको साथमा वैचारिक मतभेद सुल्झिनेछ। न्यायिक वा कानुनी मामिलामा सफलता हात लाग्नेछ। भविष्यलाई लिएर चिन्ता रहनेछ साथै साहित्य वा कलाको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
धनु
मन चाहेको सफलता पाउनको लागि नयाँ अनुबन्ध वा लेनदेनमा ध्यान दिनुपर्ने हुन्छ। युवाहरूको लागि शिक्षाको क्षेत्रमा नयाँ मार्ग प्रशस्त हुनेछ। समाजमा मान सम्मान बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
कार्यक्षेत्रमा अधिकारीहरूसँगको वैचारिक मतभेद सुल्झिनेछ। शत्रुमाथि विजय पाइनेछ। आलोचकहरू आफै पन्सिनेछन्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
बृष
कार्यक्षेत्रमा सानो बदलाबले ठूलो सफलता हात लाग्नेछ। आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा सोचेजस्तो सफलताको लागि मेहनत धेरै गर्नुपर्ने हुन्छ। रिसाएका इष्टमित्रहरूलाई मनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
पुरानो वादविवाद सुल्झाउनको लागि मिठो वचनको प्रयोग गर्नुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सरकारी संस्थाबाट लाभ प्राप्त होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कन्या
कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पैतृक सम्पत्तिलाई लिएर विवाद बढ्नेछ। विश्वास पात्रबाट धोका मिल्न सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
कार्यक्षेत्र वा व्यापार व्यवसायमा आकस्मिक बदलावले मन उत्साहित रहनेछ। आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि परिवारको मध्य विचार विमर्श अवश्य गर्नुहोस्। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
मकर
रोकिएको कार्यमा गति आउनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्ध हात लाग्नेछ। कार्यक्षेत्रमा हजुरको कार्यको तारिफ हुनेछ। नोकरी वा पेशामा दिखावा गर्नबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन
व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोला। अगाडि गरिएको कार्य असफल हुनाले मन अप्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। यात्रा राम्रो रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend