काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि प्रहार गरेको बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको क्रुर प्रहारविरुद्ध आफूहरुले आन्दोलन गर्नुपरेको बताए ।
उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् ।
‘केपी गणतन्त्रको पक्षमा हुनुहुन्न र उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने सिद्धान्त थाहा थियो । संघीयता र धर्मनिरपेक्षताविरोधी हो भन्ने थाहा थियो । जनताको आँधीहुरी आएपछि उहाँले मानिदिएँ भन्नुहुन्थ्यो तर समयले उहाँ बयलगाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले उहाँ सच्चिए भनिठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend