Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओलीले संविधानमाथि बलात्कार गरेः झलनाथ खनाल


    मंगलबार, पुष १४ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा गरेर ३ बर्ष बिताएको बताएका छन् । संसद बिघटनको बिरोधमा नेकपा प्रचण्ड–माधव नेपाल पक्षले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता खनालले भने– प्रधानमन्त्री ओलीले देश विकासका लागि आफैले भनेका कुनै पनि प्रतिवद्धता पूरा नगरेको बताए । ओलीले बाँडेको पानीजहाज, ग्याँस वितरणलगायतका कुनै पनि काम अघि बढेनन् ।

    नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् । उनले भने–‘ओली जस्ता तानाशाहले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे । त्यसैले सडकमा आउन बाध्य हुनुपर्यो ।’

    उनले नेताका रुपमा केपी ओली एउटा गुटको मात्र नेता भए पनि आरोप लगाए । उनले वालुवाटारमा एउटा गुट सक्रिय रहेको र त्यसले जे मनलाग्छ त्यही गरेको बताए । 
    उनले आधिकारिक नेकपा आफ्नो समूह नै भएको बताए । लामो समयदेखिको आन्दोलनपछि प्राप्त भएको राजनीतिक अधिकार प्रधानमन्त्री ओलीले एकाएक ध्वस्त पार्न लागेको बताए । ओलीमाथि पहिलेदेखि नै आशंका रहेको र उनले विश्वासघात गरेको नेता खनालको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार