Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निरंकुश बाटो समाते ओली एण्ड प्रबृत्तिको अन्त्य हुने, सुध्रिएर आए अन्तिम मौका दिन्छौंः नेपाल


    मंगलबार, पुष १४ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शमौ ओलीलाई सच्चिनका लागि अन्तिम मौका बाँकी रहेको बताएका छन् । संसद बिघटनको बिरोधमा आज काठमाडौको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले भने, पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाए पनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट ओलीलाई हटाइएको छैन ।

    नेपालले ओलीतर्फ संकेत गर्दै भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’ पार्टीका अरु नेताहरु पनि ओली सुध्रने आशामा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको नेपालले बताए ।

    ओली समूहतिर लाग्नेहरुलाई उनले भने, बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’ ओली गल्ती सच्याएर आउन चाहे सबै बिषयमा छलफल गर्न तयार रहेको उनले बताए । निरंकुश बाटो समाते केपी ओली एण्ड प्रवृत्तिको अन्त्य हुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार