Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बिघटनबिरुद्ध प्रचण्ड–माधव पक्षको प्रदर्शन


    मंगलबार, पुष १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षको बिरोध प्रदर्शन सुरु भएको छ । संसद बिघटन बिरुद्ध प्रचण्ड–माधव पक्षले काठमाडौं उपत्यकाका ठाउँ ठाउँबाट जुलुस प्रदर्शन गरेको छ । प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको छ । काठमाडौंमा आज ५० हजारको संख्यामा मान्छे उतार्ने तयारी प्रचण्ड–माधव पक्षले गरेको थियो । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्सालबाट लगायतका स्थानबाट जुलुसु भृकुटीमण्डपतर्फ गइरहेको छ ।

    त्यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालेका छन् ।  ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    यसैबीच नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार