Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशमा रहेका नेपालीको विषयमा चनाखो हुन सरकारलाई आग्रह 


    शुक्रबार, बैशाख ५ २०७७
    705
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ५ बैशाख ।  विदेशमा रहेका नेपालीहरु जुनसुकै बेला समस्यामा पर्न सक्ने भन्दै चनाखो रहन सरकारलाई  प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आग्रह गरेको छ ।

    शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै समिति सभापति पवित्रा निरौला खरेलले  कोरोना भाइरस संक्रमणका कारण रोजगारी, शिक्षालगायतका लागि विदेश गएाक नेपालीलाई पर्न सक्ने समस्याप्रति सम्बन्धित देशमा राजदूतावासमार्फत चनाखो रहन सरकारलाई आग्रह गरेकी हुन् ।

    भोलि आपतकालीन स्थिति आइलाग्दैन भन्न सकिँदैन । त्यसकारण दूतावासहरुलाई चनाखो बनाउन, समस्या भएको खण्डमा नेपालीका लागि औषधि र खानाको ब्यवस्थाका लागि पूर्व तयारी गर्न भनेका हौं’ उनले भनेकी छन् ।

    विदेशमा रहेका नेपालीलाई फर्काउँदा भने संक्रमण फैलिने त्रास हुने उनको भनाइ छ ।

    सभापति खरेलले नेपालको दक्षिण सिमापारि भारतीय क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई परेको समस्या सामाधान गर्न र दक्षिणतर्फको सिमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि आग्रह गरेकी छन् ।

    अहिलेको असहज परिस्थितिमा तत्काल संसदीय समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले समिति सदस्यहरुसँग टेलिफोनमा कुराकानी गरेर सरकारको ध्यानाकर्षण गरेको सभापति खरेलले जानकारी दिइन् ।

    \"\"

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार