Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा नेता पाण्डेले भने- प्रधानमन्त्री ओलीले अदालत पनि विघटन गर्न सक्छन्


    सोमबार, पुष १३ २०७७
    3.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताएका छन् ।

    नेकपा निकट जनसाँस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनैपनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने बताएका हुन् ।

    संविधान विपरित काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालत समेत विघटन गर्न सक्ने अधिकार छ भनेर भन्नुपर्ने बताए ।

    उनले भने– ‘यदि प्रधामन्त्रीले अदालत भङ्ग गरिदिए भनेर राष्ट्रपतिलाई लगेर सहि गराएर अदालत भङ्ग हुन्छ ? यदि अहिलेको यो संसद विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने अदालत भङ्ग गर्ने कुरा पनि प्रधानन्त्री केपी ओलीलाई छ भनेर भन्नुपर्ने हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार