Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल


    सोमबार, पुष १३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताउनुभएको छ ।  

    नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भन्नुभयो, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”

    पूर्वमन्त्री भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै  अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता भुसालले आजै नेकपाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्नुहुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार