स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव नेपाल समूहको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्याङ्जामा भब्यरुपमा सफल भएको छ । आइतबार सम्पन्न जिल्ला कार्यकर्ता भेलामा १ सय ४५ सदस्यीय जिल्ला कमिटीका ८५ जना उपस्थित थिए । प्रचण्ड–माधव नेपाल समूहको जिल्ला भेलामा नजान कृषि मन्त्री पदमा अर्यालले उर्दी जारी गर्दा पनि उल्लेख्य उपस्थितिमा नेता कार्यकर्ता उपस्थित भएका थिए ।
मन्त्री अर्यालले राज्यशक्तिको दुरुपयोग गर्दै उक्त भेलामा नजान फकाउने र तर्साउने दुवै हत्कण्डा प्रयोग गरेकी थिइन् । भेलामा नजानका लागि पद प्रतिष्ठाको प्रलोभन समेत उनले दिंदा पनि जिल्ला कमिटीका दुईतिहाई सदस्य उपस्थित भएपछि उनको हत्कण्डा असफल भएको छ ।

कार्यकर्ता भेलालाई नेकपाका नेताहरु हितराज पाण्डे र सोभियत ढकालले सम्बोधन गरेका थिए । १४५ सदस्यीय जिल्ला कमिटीमा ८५ जना प्रचण्ड–माधवको कार्यक्रममा उपस्थित भएपछि ओली नेतृत्वको नेकपा स्याङ्जामा कमजोर देखिएको छ ।
ओली नेतृत्वको १११९ सदस्यीय महाधिवेशन आयोजक समितिमा राखिएका मीनप्रसाद कोइराला र गल्याङ नगरपालिकाकी उपमेयर देवी थापाले पनि उक्त पद अस्वीकार गरी प्रचण्ड–माधवतिरै देखिएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend