काठमाडौं, ५ बैशाख । मजदुरी र ज्यालामा काम गर्ने नागरिक सयौँ मिटर हिडेर घर जाँदा पनि सरकार मुकदर्शकको रुपमा हेरि बसेको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन । उनले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकलाई सुरक्षित रुपले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
उनले शुक्रबार ट्वीट गर्दै सरकारमा बसेकाले निमुखाको त्यो यात्राको दर्शकमात्र हुन नमिल्ने बताएका हुन् ।
काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्।सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो।तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन।
उनले भनेका छन् ‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो, तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन् ।’
लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा सयौं सर्वसाधारण पैदलै हिँडेर आफ्नो थातथलोतर्फ लागेका छन् । गृह मन्त्रालयले यसरी यात्रा गर्नेहरुलाई रोकेर जहाँबाट हिँडेको त्यहीँ फर्काउने गरेको छ ।
सरकारले श्रमिक र मजदुर जहाँ छन्, त्यहीँको स्थानीय तहले खाने बस्ने व्यवस्था मिलाउनुपर्ने बताए पनि सयौं मानिसहरु खान बस्नकै समस्या हुँदा दैनिक लामो पैदलयात्रा गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend