Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै


    सोमबार, पुष १३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।नेपाली कांग्रेसले आज संसद विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा अहिले विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । 

    देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने नेपाली कांग्रेसले जानकारी दिएको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।महामन्त्री डा। शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने जनाइएको छ ।

    पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिकरुपले विभाजित छ ।औपचारिकताका लागि विरोध कार्यक्रम तय गरे पनि सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा रहेको भन्दै कांग्रेसभित्रै आलोचना समेत हुँदै आएको छ । यही विषयमा हिजो देउवाले महामन्त्री शशांक कोइरालासहित आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा चर्काउन नहुने देउवा पक्षको निष्कर्ष छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा अहिले विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार