Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलले भने-ओलीले चुनाव गराउँदैनन्


    सोमबार, पुष १३ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने योजना नरहेको दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्री ओलीले चुनाव गराउने उद्देश्यले संसद विघटन गरेकै हैनन् ।’

    धनगढीमा आइतबार अपरान्ह्र नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले चुनाव गराउने उद्देश्यले संसद विघटन गरेकै हैनन् ।’

    पार्टीको स्थायी कमिटीको निर्देशन उल्लंघन गर्नुको कारण पार्टी विभाजन गर्ने मनस्थिति रहेको अहिले आएर पुष्टि भएको उनको भनाइ थियो ।

    ‘यसअघि नै अध्यादेश ल्याउन खोज्नु यसकैका लागि रहेछ भन्ने त बल्ल बुझियो’ उनले भने । रावलले अगाडि भने, ‘सामन्तहरुसँग बालुवाटारमा मध्यराति भेट्नुका रहस्यहरु पनि विस्तारै खुल्दैछन् ।’

    उनले अबको लडाइँ संविधान, वर्तमान व्यवस्था तथा विधि प्रणालीका पक्षधर र कानुन नमान्ने तथा निरंकुश चरित्र व्यवहार भएकाहरुबीच हुने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार