Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरुद्ध प्रदेश २ सरकार पनि सडकमा


    सोमबार, पुष १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुर । प्रदेश २ सरकार पनि प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा उत्रिएको छ । प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनल प्रदेश सरकारको अगुवाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमविरुद्ध सडक आन्दोलनमा उत्रेका हुन् ।

    जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोनलले प्रधानमन्त्री ओलीको कदमप्रति व्यङ्ग्य गर्दै ‘कम्युनिस्टहरुको हातमा सत्ता जानु भनेको बाँदरको हातमा नरिवल थमाउनुजस्तै’ रहेको बताए ।

    उनले भने, ‘कम्युनिस्टको बहुमतको सरकार रहे पनि पार्टीको आन्तरिक विवाद मिलाउन नजान्दा संसद नै विघटन गर्नु अनुचित र असंवैधानिक कदम हो ।’

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आईतबार जनकपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट डर र त्रास बढेर संसद विघटनको बाटो रोजेको टिप्पणी गरे ।

    उनले संसद विघटन गर्नुभन्दा बरु जसपासँग सहयोगको याचना गरेको भए सहज निकास निस्कन्थ्यो भनेर राजनीतिक व्यङ्ग्य पनि गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार