Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक नम्बर प्रदेशमा अविश्वास प्रस्ताव दर्तासँगै सांसद तानातान


    आइतबार, पुष १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका बहुमत सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्ताव दर्ता हुनासाथ प्रदेश १ को सरकार अल्पमतमा परेको छ ।

    आइतबार दर्ता भएकोअविश्वास प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधव नेपाल पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ । १ नम्बर प्रदेशमा नेकपाका ९३ सांसद छन् । बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्दछ ।  अविश्वास प्रस्तावमा ४७ सांसदको हस्ताक्षर भए पनि ४० सांसद आफ्नो पक्षमा रहेको दाबी प्रचण्ड–माधव पक्षको छ ।

    प्रचण्ड–माधव नेपाल पक्षका प्रदेश सरकारका राज्यमन्त्री रामकुमार मगर ओलीतिर लागेका छन् । मगरबाहेकका अरु सांसदलाई पनि ओली पक्षमा ल्याउनका लागि प्रदेशका भौतिक राज्यमन्त्री अम्बिर गुरुङ साम दाम दण्डभेद सहित लागेका छन् ।

    १ नम्बर प्रदेशमा पनि कांगे्रेस नै निर्णायक हुने भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसका २१ सांसद छन् । जनता समाजवादी पार्टीका ३, राप्रपाका १ र लिम्बुवानका १ सांसद छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार