शेरधन राई र अम्बिरबाबु गुरुङ
बिराटनगर । प्रदेश नम्बर १ का १ मन्त्री र २ राज्यमन्त्रीले राजीनामा दिएका छन् । शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरघन राईले हटाएपछि आज सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि राजीनामा दिएका छन् ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वासले पनि राजीनामा दिएका छन् । यो राजीनामासँगै १ नम्बर प्रदेश सरकार पनि संकटमा परेको छ । नेकपाको विभाजनसँगै १ नम्बर प्रदेशमा पनि मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ । शुक्रबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड माधव नेपाल समूह लागेको थियो ।
१ नम्बरमा प्रचण्ड– नेपाल समूह ओली समूहभन्दा धेरै शक्तिशाली छ । लगभग बहुमत नै पुग्ने संख्या प्रचण्ड–माधव समूहसँग छ । बहुमत पुग्न ४७ जना प्रदेश सासद भए पुग्छ । प्रचण्ड–नेपाल समूहसँग बहुमत संख्या देखिएपछि सांसद किनबेचको खेल पनि एक नम्बर प्रदेशमा ओली समूहले सुरु गरेको छ । मुख्यमन्त्री राईको सत्ता जोगाउन उनको मन्त्रिपरिषदका भौतिक राज्यमन्त्री अम्बिर गुरुङ सांसद किनबेचको लागि सक्रिय भइसकेका छन् । यसअघि माधव नेपाल पक्षको संख्या बढी हुँदाहुँदै पनि २ जनाभन्दा बढी सांसद अम्बिर गुरुङले नै खरिद गरी शेरधन राईलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाइएको थियो ।
भीम आचार्यलाई ससदीय दलको नेतामा हराउन सांसद किनबेच गरेबापत अम्बिरबाबु गुरुङलाई शेरधन राईले राज्यमन्त्री बनाएका थिए । गुरुङले पुराना कम्युनिष्ट नेता कृष्णराज बर्मा लगायत धेरै जनाको घरजग्गादेखि रकम समेत नतिरी ठगी गरेको आरोप छ । तर सत्ताको आडमा उनलाई उजुरी पर्दा पनि प्रहरीले पक्राउ गर्नसकेको छैन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend