Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ का  मुख्यमन्त्री शेरधनले संसदीय दलमा बहुमत गुमाए , कुल ९३ मा २२ जना मात्र पक्षमा


    आइतबार, पुष १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रदेश १ का  मुख्यमन्त्री शेरधन राईले हिजो अर्थमन्त्री इन्द्र आङ्बोलाई  बर्खास्त गरेका थिए । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । इन्द्रलाई  बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।  राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए ।

    सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन्  नेकपा विभाजित भएपछि त्यसको प्रभाव प्रदेश १ मा पनि परेको छ । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् ।

    प्रदेश सभामा कुल ९३ सीट भएको प्रदेश १ मा  नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन् । केही सदस्यहरु यता उता गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार