मुम्बइ – बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ । वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भिर रूपमा घाइते भएको जनाइएको छ ।
यो घटना करिब राती २ः३० बजेको हो । अभिनेता हाल लीलावती अस्पतालमा भर्ना छन् । प्रहरीले अहिले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण घटनाको खुलासा गरेको छ ।
मुम्बई पुलिसका डीसीपीले अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्ति प्रवेश गरेको बताएका छन् । अभिनेता र घुसपैठकर्ता बीच झडप भएको थियो जसमा अभिनेता घाइते भएका थिए र हाल उनको उपचार भइरहेको छ।
मुम्बइ पुलिसले सैफ अली खानको घरमा काम गर्ने तीन जनालाई हिरासतमा लिएको छ। तीनै जनालाई नियन्त्रणमा लिएपछि प्रहरीले उनीहरुलाई प्रहरी चौकीमा लगेर सोधपुछ गरिरहेको छ ।
यी सबै बीचमा लीलावती अस्पतालले सैफ अली खानको हाल शल्यक्रिया भइरहेको पुष्टि गरेको छ । यस हमलामा सैफ अली खानको घाँटीको पछाडि १० सेन्टिमिटर कटेको र देब्रे हातमा काटिएको निशान छ ।
यो खबरपछि फ्यानहरु तनावमा छन् र अभिनेताको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend