Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखामा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस


    आइतबार, पुष १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गोरखामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूहले मसाल जुलुस निकालेको छ ।

    संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदविरूद्द प्रचण्ड नेपाल समूह देशव्यापी विरोध प्रदर्शनमा उत्रिएको छ । सोही अुसार प्रचण्ड नेपाल पक्षको आह्वानमा शनिबार गोरखमा मसाल जुलुस भएको हो ।

    ओलीका कदमविरुद्ध चरणबद्ध आन्दोलनमा छ । पुष १२ गते ७७ जिल्लाहरूमा बैठक सञ्चालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी पार्टीलाई सशक्त बनाउदै एकताविरुद्धका भ्रमलाई चिर्ने र कसरी संघर्षका कार्यक्रम अघि बढाउने भन्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन कार्यक्रम छ ।

    यस्तै पुष १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा बिरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । पुष १४ गतेसम्ममा सबै जनवर्गिय संगठनहरुको केन्द्रीय बैठक तथा भेलाको आयोजना गर्ने, पुष २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुष २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार