काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ ।
नेकपा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको भेलामा उहाँले विधि, पद्धति, कानून र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्नेविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो । तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्रका बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उहाँले भन्नुभयो, “हामी विभाजित भएका छैनौँ ।”
पूर्वमन्त्री पाण्डेले पार्टीकोे पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थप्नुभयो, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ ।”
उहाँले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पार्नुभयो । नेकपा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि पुनः एकपटक जनतामा जानाको विकल्प नभएको बताउनुभयो ।
नेकपा वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा धादिङ घर भई हाल काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend