Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरुद्ध नागरिक समाज सडकमा


    आइतबार, पुष १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ ।

    ओलीबाट भएको प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भएको भन्दै उनीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 

    ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरे ।नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् ।

    सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथि नै पनि आक्रमण गरेको अधिकारकर्मी युग पाठकले बताए । 

    प्रदर्शनकारीहरुले ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नि रु’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड बोकेका थिए । लेखक, साहित्यकार, कलकार, पत्रकार, अधिकारकर्मीहरू उल्टो हिंडेर संसद पुनस्र्थापनाको माग गरेका थिए । प्रदर्शनमा प्रधानमन्त्रीसँगै राष्ट्रपतिको समेत कार्टून बनाइएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार