Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नेकपाभित्र बिवाद बढेको बेला चिनियाँ उपमन्त्री गुओ येझाउ नेपाल आउँदै


    शनिबार, पुष ११ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो समयमा आएको राजनितिक उतरचडावमा  विशेष गरी चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढिरहेको छ ।संसद विघटन र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनकै बेला चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने तय भएको हो। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुग्ने टोलीले खासगरी नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ।

    नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ।पूर्वएमाले र पूर्वमाओवादी एक भएर करिब तीन वर्षदेखि सञ्चालन गर्ने क्रममा नेकपाभित्र पटक पटक विवाद देखिएपनि पार्टी विभाजनसम्म पुगेर नेपालमा फेरि अस्थिरता सिर्जना हुन्छ भन्ने आँकलन बेइजिङले गरेको थिएन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार