Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली नेकपामा गोकुल बाँस्कोटा र महेश बस्नेतको लडाई, अचानोमा परे परशुराम बस्नेत


    शनिबार, पुष ११ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि ओली समूहले ११ सय १९ सदस्यीय केन्द्रीय समिति विस्तार गरेको छ । विस्तारमा अधिकांश गाउँपालिका वा नगरपालिकामा जनप्रतिनिधिलाई राखिएको छ । ओली समूहले महाधिवेशन आयोजक समितिको सदस्य भनेर टुँडिखेलमा पनि बैठक गर्न नमिल्ने आयोजक समिति बनाएको छ । जसमा राजनीतिमा निस्क्रिय भइसकेकाहरु पनि राखिएका छन् ।

     तर युवासंघमा सचिव जितेका र ओली समूहमा सक्रिय युवा परशुराम बस्नेतलाई १११९ जनामा मनोनीत गरिएको छैन । उनलाई महाधिवेशन आयोजक समितिमा मनोनीत गर्न पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले पहलकदमी लिएका थिए । तर महेश बस्नेतका कारण बस्नेत पर्न सकेनन् । महेश बस्नेतले परशुरामलाई महाधिवेशन आयोजक समितिमा नराख्नका लागि प्रधानमन्त्री ओलीलाई अनुनय बिनय गरेकाले उनी पर्न नसकेको बताइन्छ ।

    महेश बस्नेतका कारण परशुराम बस्नेतको घरबारसमेत बिग्रिएकाले उनलाई जसरी पनि राखेर उनको शेखी झार्ने पक्षमा गोकुल लागेका थिए । तर उनले पहिलो चरणको विस्तारमा उनलाई पार्न सकेनन् । महेश बस्नेतले युवासंघको इन्चार्ज भएकाले उपाध्यक्ष किरण पौडेल, रमेश पौडेल, माधव बास्तोला, प्रभातविक्रम कटुवाल, रमेश आचार्य, बचनबहादुर सिंह, अन्जना अधकारी, उर्मिला सुनुवार र संजीव झाको नाम सिफारिस गरेका थिए । तर किरण र रमेश पौडेलमात्र परेका छन् । बाँस्कोटाले पर्शुरामको केन्द्रीय सदस्य भए युवा संघका सबैको हुन्छ, नभए कसैको पनि हुँदैन भन्दै ओलीलाई दबाब दिएका कारण दुई पौडेलबाहेक अरुको रोकिन पुगेको छ ।

     गोकुल बाँस्कोटाले महेशलाई देखाउन परशुराम बस्नेतलाई पार्न खोज्दा पहिलो चरणमा सकेनन् । बस्नेतको सिफारिसमा परेका २ बाहेक अरुको रोकेका छन् । ओली समूहको बागमती प्रदेशको राजनीतिमा महेश बस्नेत र गोकुल बाँस्कोटाबीच को उनको नजिक हुने भन्ने लडाई चलिरहेको छ । गोकुल बास्कोटा सेक्युरिटी पेस खरिदमा बिजय मिश्रसँग ७० करोड घुस डिल गरेको आरोपपछि मन्त्रीपदबाट बाहिरिन बाध्य भए । महेश बस्नेत भक्तपुरबाट भारी मतले चुनाव जिते पनि चौथोे पटक मन्त्रीपरिषद बिस्तार हुँदा पनि पर्न सकेनन् । वडामा पनि चुनाव जित्न नसक्ने मणि थापालाई मन्त्री बनाएर जनाधार भएका महेश बस्नेतलाई पाखा पार्ने काम शुक्रबारको मन्त्रिपरिषद बिस्तारमा ओलीले गरेका छन् । बस्नेतलाई मन्त्री बन्नबाट रोक्ने काम पनि बाँस्कोटाले नै गरेको बुझाइ ओली नेकपाका युवाहरुमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार