जगत विश्वकर्मा र मोति दुगड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री जगत विश्वकर्मालाई पदमुक्त गरेका छन् । विश्वकर्मा २ बर्ष ९ महिनामा पदमुक्त भएका छन् । ओलीले पूर्वएमाले पृष्ठभूमिका कुनै पनि मन्त्रीलाई हटाएका छैनन् । विश्वकर्मा कास्की ३ बाट निर्वाचित जनाधार भएका नेता हुन् । दलित समुदायबाट प्रत्यक्ष निर्वाचन जितेका विश्वकर्मालाई हटाएर भ्रष्टाचारमा चुर्लुम्म डुबेका मन्त्रीलाई भने उनले झन् ठूला मन्त्रालयको जिम्मा दिएका छन् । विश्वकर्मालाई मात्र उनले किट मन्त्रीबाट बर्खास्त गर्नुपर्यो त ?
खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालसँग मन्त्री विश्वकर्माको पछिल्ला दिनमा सम्बन्ध बिग्रनु पनि उनी बर्खास्त हुनुको मुख्य कारण मानिएको छ । हरेक आर्थिक बर्ष समाप्त भएको ३ महिनाभित्र परिषदले खेलकुद मन्त्रीलाई बार्षिक प्रगति विवरण बुझाउनुपर्ने नयाँ खेलकुद ऐन २०७७ मा ब्यवस्था गरिएको छ । तर सदस्य सचिव सिलवालले ३ महिनाभित्र प्रतिवेदन नबुझाएपछि मन्त्री विश्वकर्माले मंसिर पहिलो साता उनीसँग स्पष्टीकरण सोधेका थिए ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियामार्फत् स्पष्टीकरण सोधेर अपमान गरिएपछि सदस्य सचिव सिलवाल मन्त्री विश्वकर्मा नै हटाउने खेलमा लागेका थिए । सदस्य सचिव सिलवालले ऐन अनुसार असोजभित्र प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्ने हो । तर नबुझmाएपछि उनले स्पष्टीकरण सोधेका थिए । मन्त्री विश्वकर्माले सोधेको त्यही स्पष्टीकरण नै उनको सत्ता बहिर्गमनको लागि कारक बनेको अनुमान पार्टीभित्र गरिएको छ । सदस्य सचिव सिलवालको प्रधानमन्त्री केपी ओलीसँग घनिष्ठ सम्बन्ध रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले उद्योग राज्यमन्त्री दुगडलाई पनि पदमुक्त गरेका छन् ।
राज्यमन्त्री दुगडले पदलाई तस्कर ब्यापारीसँग असुलीको माध्यम बनाउँदैआएका थिए । राज्यको जिम्मेवार पदमा बसेर अनुचित ब्यापारीक क्रियाकलाप गर्ने र गराउने गरेको आरोप लाग्दैआएको थियो । कालाबजारी गर्ने र बदमासी गर्ने उद्योगी ब्यापारीको संरक्षण गर्ने काम उनीबाट हुँदैआएको थियो । ऊखु किसानको भुक्तानी नदिने र मालिकहरुसँग मिलेर कमिसन खाने कार्यमा तल्लीन हुँदैआएको आरोप पनि उनीमाथि लागेको छ । कोरोना संक्रमित भए नभएको ज्वरो मापन गर्ने २ हजार ५ सय रुपैयाँच्को थर्मल गनलाई १५ हजार रुपैयाँदेखि २२ हजारसम्म कालोबजारीमा कूटनीतिक नियोगको नम्बरप्लेटको गाडीमा बिक्री गर्दागर्दै पक्राउ परेका जगदम्बा स्टीलका संचालक सुलभ अग्रवाललाई छुटाउन दौडधूप गरेको बिषयमा नेपालफेसले नै समाचार सार्वजनिक गरेको थियो ।
राज्यसंयन्त्रको प्रयोग गरी भ्रष्टाचारलाई बढावा दिने कार्य गर्नेमा पनि उनको नाम आउने गरेको थियो । उनले राज्यमन्त्री भएर अनधिकृत रुपमा नूनको ब्यापार गर्न थालेका थिए ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend