Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमान मन्त्री नियुक्त, श्रीमती बागमती प्रदेशको सरकार ढाल्ने हस्ताक्षरकर्ता


    शनिबार, पुष ११ २०७७
    3.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संविधानतः कामचलाउ भइसकेको केपी ओली नेतृत्वको सरकारले आज मन्त्रिपरिषद बिस्तार गरेको छ । मन्त्रिपरिषद विस्तार गर्दा पूर्वमाओवादी पृष्ठभूमिका ५ जनालाई फुल मन्त्री दिइएको छ । पूर्वमाओवादीका ५ मन्त्रीले नै राजीनामा दिएकाले ती ठाउँमा उनीहरुलाई नै नियुक्त गरिएको छ ।

    मन्त्रीपरिषद बिस्तारमा २०७४ को प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक २ (ख)बाट नेपाली कांग्रेसका निमा लामासँग पराजीत भएका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । शेरबहादुर तामाङ ओली समूहमा आएर पनि प्रचण्ड–माधव नेपाल समूहतिरै फर्किएपछि उनकै क्षेत्रमा प्रदेशमा पराजीत भएका दावालाई मन्त्री बनाई उनको शेखी झार्ने कार्य ओलीले गरेका छन् ।

    प्रदेशमा हारे पनि मन्त्री हुने भाग्यमानी दाबा लामाकी श्रीमती कुमारी मोक्तान बागमती प्रदेशसभा  सदस्य हुन् । उनले आज बागमती प्रदेशका मुख्यमन्त्रीबिरुद्ध दर्ता भएको ४५ जनाको हस्ताक्षरहितको अविश्वास पस्तावमा सही गरेकी छन् । श्रीमान दाबा संघीय सरकारमा मन्त्री भए पनि उनकी श्रीमतीले प्रदेश सरकार ढाल्ने अविश्वास प्रस्तावमा सही गर्नुलाई आश्चर्यका रुपमा लिइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार