Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव !


    शुक्रबार, पुष १० २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्।

    मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्। अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन्।

    सांसदहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार