काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनबिरुद्ध परेका सबै रिट संबैधानिक इजलासमा पठाएका थिए ।
प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा पठाएका रिटहरूमाथि जबरासँगै न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजप्रसाद केसीकाे इजलासले सुनुवाइ गर्नेछ ।
उक्त इजलासमा आज प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई पहिलो प्राथमिकतामा राखेर पेशी तोकिएको छ । यसअघि प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।
रिट निवेदकहरुको तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ताहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि अन्तरिम आदेश नै माग गरेका थिए । तर प्रधानन्यायाधीश राणाले सबै रिट संवेधानिक इजालसमा पठाएका छन् ।
संविधानमा प्रतिनिधिसभा पुनुस्र्थापनाको ब्यवस्था नै नभएकाले सर्वोच्च अदालतले संविधानको रक्षाका लागि पनि पुनस्र्थापना गर्नैपर्ने माग पूर्वन्यायाधीशदेखि पूर्वप्रधानन्यायाधीहरुले गर्दैआएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी थिइन् । राष्ट्रपतिको घोषणाविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend