Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतबाट आएका आमाछोराको शंकास्पद नमूना काठमाडौंमा पठाइयो, मोरङमा र्‍यापिड टेष्टमा एक जनाको पोजेटिभ


    शुक्रबार, बैशाख ५ २०७७
    595
    Shares
  • ३ मिनेट पाठ
  • भरतपुर,  ५ बैशाख ।

    भरतपुर कोरोना भाइरस सम्बन्धी प्रयोगशालामा परीक्षणका क्रममा चितवनमा दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । 
    बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

    बुधबार्र यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

    यसैबीच, भारतबाट २४ दिनअघि फर्केर होम क्वारेन्टाइनमा बसेकी मोरङकी एक युवतीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजेटिभ देखिएको छ ।

    बिहीबार गरिएको आरडीटी परीक्षणमा मोरङको बुढीगंगा गाउँपालिका–१ कि २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।

    बुढीगंगा गाउँपालिकामा बिहीबार पुगेको परीक्षण टोलीले २७ वर्षकी युवतीसँगै आएकी अर्की युवतीको पनि परीक्षण गरेको थियो । तर उनर्मा यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी नेगेटिभ आएको थियो र्। यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि युवतीलाई विराटनगरस्थित कोशी अस्पताल ल्याउन वडा अध्यक्षसहितको टोली युवतीको घर पुगेको थियो । 

    विदेशबाट आउनेहरुको र्यापिड टेष्ट गर्ने क्रम जारी छ ।  भारतबाट २४ दिनअघि फर्केर होम क्वारेन्टाइनमा बसेकी मोरङकी एक युवतीर्को यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजेटिभ देखिएको छ ।

    बिहीबार गरिएको आरडीटी परीक्षणमा मोरङको बुढीगंगा गाउँपालिका–१ कि २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।

    ती युवती अर्का एक साथीसँगै बैंगलोरबाट १० चैतमा घर आएकी थिइन् । उनी घर आएदेखि होम क्वारेन्टाइनमा बसिरहेको बुढीगंगा गाउँपालिका–१ का वडाअध्यक्ष युवराज पौडेलले जानकारी दिएका छन् ।

    अहिले युवतीलाई कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना गरिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको निश्चित गर्न प्रयोगशाला परीक्षण गर्दैछ । यसको नतिजा आज आउने जनाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले एक जनार्मा यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार