Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा दुवै समूहकाे केन्द्रीय कमिटी बैठक जारी


    बिहिबार, पुष ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकले आगामी कार्यक्रम तय गर्ने भएको छ । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाका अनुसार बैठकमा पार्टीको कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल हुनेछ ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।

    यस्तै दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक पनि बसेको थियो ।

    बैठकमा पार्टीको महासचिव, सचिवालय सदस्य हेरफेर तथा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरूद्ध आन्दोलनका कार्यक्रम गर्ने विषयमा छलफल भएको नेता बेदुराम भुसालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार