Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामचन्द्र पौडेलले बोलाए आन्दोलन पक्षधर नेताको छुट्टै भेला


    बिहिबार, पुष ९ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति जारी रहेका बेला आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् ।

    संसद विघटनको पक्षमा रहेका नेता पाैडेलले अहिले अनामनगरमा चलिरहेको भेलामा सडक आन्दोलनमा जानुपर्ने पक्षमा रहेका नेताहरुलाई बोलाइएको छ ।

    पौडेलनिकट स्रोतका अनुसार भेलामा महामन्त्री शशांक कोइरालाका अलावा नेताहरू प्रकाशमान सिंह, गगन थापा तथा शेखर कोइराला लगायत उपस्थित छन् ।

    जारी केन्द्री समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षले आन्दोलनमा जाने कुराको विरोध गर्दै चुनावको तयारी गर्नुपर्ने बताएपछि पौडेलले बेग्लै भेला गरेको एक केन्द्रीय सदस्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार