Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ओलीको गृहजिल्लामा माओवादी प्रवेशको लहर, ६ सयभन्दा बढीलाई प्रचण्डले गरे स्वागत


    सोमबार, पुष १५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा  । विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

    यसरी बिभन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेको उनको सचिवालयले जनाएको छ ।

    कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरीगंज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खाएका थिए । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार