Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्य चिह्न हाम्रै हो : पाण्डे


    बिहिबार, पुष ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मंगलबार बबरमहलमा बसेको स्थायी कमिटी र केन्द्रीय समिति बैठक नै आधिकारिक भएको दाबी गरेका छन् ।

    २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर बुधबार निर्वाचन आयोग पुगेका पाण्डेले प्रचण्ड–माधव समूह नै आधिकारिक भएको र सूर्य चिह्न आफूहरूले पाउने बताएका छन् ।

    पार्टी विभाजन पछि नेकपा नाम र चुनाव चिन्हको आधिकारिकता आफूहरुले पाउने दाबी गरे। ‘हामीसँग ७० प्रतिशत मत छ। विमति छैन। अहिले सम्मका नजिरहरुले पनि त्यही देखाउँछ,’ पाण्डेले भने, ‘घर छाडेर जानेले घर पाउँदैन नी, अर्को बनाउनुपर्छ।’

    नेकपा फुटको औपचारिक रुपमा घोषणा नभए पनि पार्टी विभाजनको अभ्यास सुरु भइसकेको छ।

    नेकपामा प्रधानमन्त्री केपी ओली पक्षधरले बुधवार सातै प्रदेशका मनोनित सदस्यहरुलाई प्रशिक्षण दियो भने प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक गरी ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गर्‍यो। 

    मंगलवार मात्र यो समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्षमा चयन गरेको थियो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार