Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओलीकै गृहजिल्लामा राजीनामा माग गर्दै जसपाद्वारा प्रदर्शन


    बिहिबार, पुष ९ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । जनता समाजवादी पार्टी नेपालले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै प्रदर्शन गरेको छ ।

    प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगामी र संसदीय व्यवस्थाको मूल्य, मान्यता र विधिको शासन विपरित रहेको भन्दै जसपाले बिर्तामोडमा प्रदर्शन गरेको हो ।

    नेकपाभित्रको पद, प्रतिष्ठा र आपसी द्वन्द्वका कारण प्रधानमन्त्री ओलीले स्वेच्छाचारी निर्णय गरी हतारमा जनादेश प्राप्त प्रतिनिधि सभा विघटन गरेको जसपाको आरोप छ ।

    ओली नेतृत्तवकाे सरकारले प्रतिनिधिसभा विघटन गरेपछि देशभर प्रदर्शन भइरहेकाे छ ।

    सत्तारूढ दल नेकपाकै कार्यकर्ताले पनि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार