Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोटेकोशीले १ करोड २० लाखको कोष निर्माण गर्ने 


    बिहिबार, बैशाख ४ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक, ४ बैशाख । भोटेकोशी गाँउपालिकाले १ कारोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने भएको छ । आज बसेको गाँउकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । 

    गाँउाकार्यपालिकाको २०७६ साल चैत्र १२ को निर्णयले नेपाल बङ्गलादेश बैँकमा स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा नेपाल सरकारको निर्णय बमोजिमका ६ शीर्षकबाट रकमको रकामान्तर गरी उक्त कोष निर्माण गर्ने निर्णय भएको गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । 

    अध्यक्ष पौडेलका अनुसार उक्त प्रकोप व्यवस्थापन कोषमा पदाधिकारी तथा कर्मचारी भ्रमण शीर्षकबाट रु १० लाख, खेलकुद, उत्सव तथा महोत्सव शीर्षकबाट रु १० लाख, एम्बुलेन्स खरिद शीर्षकबाट रु १० लाख, घुम्ति विविर सञ्चालन कार्यक्रमबाट १० लाख, गुरुयोजना तथा डिपिआर तयार शीर्षकबाट रकामान्तर गरेर र प्रदेश सरकारबाट प्राप्त हुने रु १० लाख गरी १ करोड २० लाखको कोष निर्माण गरिने भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार