काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारी नेकपाको केन्द्रीय सदस्य पदत्याग गर्नेहरुको लहर नै चलेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकारी नेकपाको बैठकले ११ सय १९ केन्द्रीय सदस्य बनाउने निर्णय गरी ५५६ जना मनोनीत गरेको थियो । सरकारी नेकपाले १९७ जना केन्द्रीय सदस्य अझै मनोनीत गर्न बाँकी नै छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि आफ्नो पक्षमा पार्नका लागि ओलीले जम्बो केन्द्रीय कमिटी बनाएका छन् ।
ओलीकै जिल्ला झापाका प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले आफूलाई नसोधी बालुवाटारले केन्द्रीय सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले पनि सरकारी नेकपाको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् । ताप्लेजुङबाट २ पटक संविधानसभा सदस्य निर्वाचित डम्बरध्वज तुम्बाहाङ्फेले पनि ओली नेतृत्वको नेकपाको केन्द्र्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
प्रदेश १ सरकारकी सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले पनि सरकारी नेकपाको केन्द्रीय सदस्य बन्न अस्वीकार गरेकी छन् । प्रेस चौतारीका पूर्वअध्यक्ष गगन बिष्टले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाका पुराना कम्युनिस्ट नेता बृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend