Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • संसद् विघटनबिरूद्ध परेका रिटमाथि सुनुवाइ जारी


    बुधबार, पुष ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् विघटन असंवैधानिक भन्दै दायर भएका रिटमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे एकल इजलासमा सुनुवाइ जारी छ ।

    सुनुवाइ नेपाल बार एसोसिएसनको हलमा प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर ११ वटा रिट पेसीमा छन् ।

    सीमित ठाउँ र सामाजिक दुरी कायम गर्नुपरेको भन्दै इजलासमा अरूलाई प्रवेश गर्न दिइएको छैन । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले केही विकल्प प्रयोग गर्न सक्छ ।

    विघटनको निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरकालीन वा अन्तरिम आदेश हुन सक्छ भने कारण देखाउ आदेशमात्रै जारी गरेर सबै निवेदनहरूलाई ठूलो आकारको इजलासमा पेस गर्नू भनी आदेश पनि गर्न सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार