Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अविश्वासको प्रस्ताव दिउँसो ३ः३० बजे दर्ता भएको हो : संसद सचिवालय


    बुधबार, पुष ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको स्पष्ट गरेको छ ।

    यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बिहान साढे १० बजे दर्ता भएको भनेर प्रचार गरेका थिए । भोलिपल्ट सो प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको खुल्न आएको थियो । प्रस्ताव दर्ताको विषयलाई लिएर वादविवाद भएपछि सचिवालयले बुधवार प्रेस विज्ञप्ति प्रकाशित गरेरै दिउँसो भएको जनाएको हो ।

    सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कार्यव्यवस्था शाखामा दिउँसो साढे ३ बजे दर्ता भएको जानकारी दिए । राष्ट्रपति विद्या भण्डारीले दिउँसो साढे २ बजेको समयमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस अनुमोदन गरेकी थिइन् । संसद सचिवालयको विज्ञप्तिले कानूनी रूपमा अर्थ राख्ने जानकारहरू बताउँछन् ।

    samsad.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार