Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पिसिआरबाट परिक्षण गर्दा रुकुममा दुईजनालाई कोरोना पोजेटिभ, थप परिक्षणको लागि स्वाब काठमाडौँ पठाइयो


    बिहिबार, बैशाख ४ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • धनगढी, ४ बैशाख ।  रूकुम पश्चिमका दुई जनामा  कोरोना भाइरस पोजेटिभ देखिएको छ। उनीहरुमा धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । 

    प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काका अनुसार धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको छ।

     खड्काले सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएका थियौं, तीमध्ये दुई जनाको त्यहाँ पनि पोजेटिभ देखिएको  बताए ।  

    धनगढीमा कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका  थिए। डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टिनमा बसेका छन्।

    नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन्। अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २र२ जना संक्रमितको उपचार भइरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार