Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली नेपालका अन्तिम कम्युनिष्ट प्रधानमन्त्री हुन्ः रामहरि खतिवडा


    बुधबार, पुष ८ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चुनावमा दुई तिहाईको जनादेश दिए पनि नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक कलहले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बर्षमै प्रतिनिधिसभा बिघटन गरी मध्यावधि चुनाव घोषणा गरेका छन् । संविधानमा संसद विघटन गर्ने कुनै प्रावधान नभए पनि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरी चुनाव घोषणा गरेकी छन् ।

    जनमत प्राप्त गरेको र प्रमुख विपक्षी दलले पनि ५ बर्षसम्म सरकारलाई काम गर्न कुनै बाधा नपुर्याएको अवस्थामा आफैंभित्रको कलहले प्रधानमन्त्री ओलीले ३ बर्षमै संसद बिघटन गरेका छन् । ओलीको यो कदमसँगै नेकपा विभाजित भएको छ । संसद विघटनका बिरुद्ध सर्वोच्च अदालतमा थुप्रै रिट दायर भएका छन् ।

    नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद रामहरि खतिवडा भन्छन्–‘नेपालमा राजा महेन्द्रले २०१७ सालमा जस्तो जनबिरोधी कदम चालेका थिए, त्यसको ठीक ६० बर्षपछि अर्को महेन्द्ररुपी तानाशाही देखाएर संसद विघटन गर्नेदेखि आफ्नै पार्टीका नेता र प्रतिपक्षलाई समाप्त गर्ने र लोकतन्त्रकै हत्या गर्ने काम केपी ओलीले गरेका छन् ।’

    ‘ओलीले एउटा राजा जो राष्ट्रपतिका रुपमा हुनुहुन्छ, उनको सहारा लिएर लोकतन्त्रको हत्या गर्ने प्रयास गर्नुभयो । उहाँले लोकन्त्र, कम्युनिष्ट र संसदीय पद्धति सक्ने लाइनमा जानुभएकोमा दुःख लागेको छ । त्यसको विकल्प चुनाव नै हो, खतिवडाले भने–‘चुनावमा अब प्रजातान्त्रिक शक्तिहरुको बिजयलाई कसैले रोक्न सक्दैन । केपी ओलीको यो कदमपछि अब नेपालमा कम्युनिष्टहरुलाई जनताले कहिल्यै पनि निर्वाचनमा जिताउने भूल गर्नेछैनन् । मतदाताहरु पछुतोमा परेका छन् । संभवतः केपी ओली नै नेपालका अन्तिम कम्युनिष्ट प्रधानमन्त्री हुनेछन् । अब कम्युनिष्टहरु भारतको पश्चिम बंगाल, केरलामा जस्तै लोप भएर जानेछन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार