Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगिन् चिनियाँ राजदूत यान्छी


    बुधबार, पुष ८ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।

    मंगलबार साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी निवास शितलनिवास स्रोतले जानकारी दियाे ।

    नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि शितलनिवास पुगेकी हुन् ।

    संसद बिघटनपछी यान्छीको राजनीतिक चलेखेल एकाएक बढेको छ।

    एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार