Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वसभामुख महरा बने नेकपाको स्थायी कमिटी सदस्य


    बुधबार, पुष ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रचण्ड-नेपाल समूहकाे नेकपाले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा ल्याउने निर्णय गरेकाे छ ।

    मंगलबार काठमाडौंमा बसेको नेकपा केन्द्रीय कमिटीले महरालाई स्थायी कमिटिमा ल्याउने निर्णय गरेको हो। यसअघि बसकेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा महराको नाम सिफारिस गरेको थियो।

    महरा २०७६ साल असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा निलम्बन परेका थिए। गत फागुनमा अदालतले उनलाई सफाई दिएको थियो।

    २०७५ जेठमा नेकपा गठन हुँदा महरा सभामुख भएकाले उनी पार्टीको कुनै जिम्मेवारीमा थिएनन्। अदालतले उनलाई सफाई दिए पनि उनी पार्टी जिम्मेवारीमा फर्किएका थिएनन्।

    माओवादी सशस्त्र युद्वदेखिनै पुष्पकमल दाहाल प्रचण्डसँग नजिक रहेका महरा सभामुखबाट पदमुक्त भएपछि भने असन्तुष्ट रहँदै आएका थिए। पार्टी भित्रको अन्तरसंघर्षपछि उनी फेरि स्थायी कमिटिमा फर्कन सफल भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार