धनकुटा । सडक विभागको महानिर्देशकदेखि भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदा ठेकेदारहरुसँग सेटिङमा कहलिएका गोपालप्रसाद सिग्देलले सहरी विकास मन्त्रालयको सचिव भएर आएपछि पनि निर्माण ब्यवसायीहरुलाई सास्ती दिन थालेका छन् ।
धरहरा निर्माणको ठेक्का लिएको रमण कन्ष्ट्रक्सनका संचालक पवन महतोले दुःख पाइरहेको समयमा जिल्ला अस्पताल संखुवासभा, खाँदबारीका ठेकेदार पनि सचिव सिग्देल र भवन बिभागका अधिकारीहरुसँग वाक्कदिक्क भएका छन् । एकाध करोडको भेरियसन अर्डर (भीओ) र म्यादथप नगर्दा खाँदबारी अस्पताल निर्माण पूरा हुन सकेको छैन ।
जिल्ला अस्पताल भवन निर्माणको ठेक्का लिएको स्वामीनारायण कन्ष्ट्रक्सन जेभीले कोभिड महामारी लगायतका कारण देखाउँदै तोकिएको समयमा अस्पतालको भवन निर्माण गर्न नसकेको कारण देखाउँदै म्यादथप र भेरियसन अर्डर(भीओ)को माग गरेको छ ।
५ महिनादेखि म्यादथप र भीओ स्वीकृतिका लागि सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्र पटक–पटक विभाग र मन्त्रालय धाए पनि आवश्यक कारबाही अगाडि बढेको छैन । भीओ र म्यादथपका लागि पटक पटक धाउँदा पनि मन्त्रालयबाट आवश्यक सहयोग नपाउँदा आयोजना प्रमुख मिश्र दिक्क भएको गुनासो गर्दैआएका छन् ।
म्यादथप र भीओ स्वीकृत गरेर अस्पतालको निर्माण छिटो गराउनेतिर भन्दा पनि पनि मन्त्रालय र विभागका कर्मचारीहरुले कमिसनको लोभ गर्दा आयोजना प्रमुख मिश्र त वाक्क भएर जागिर नै छाडिदिन्छु भन्न थालेका छन् । एकाध करोडको भीओ स्वीकृतिमा समेत विभाग र मन्त्रालयका कर्मचारीहरुले कमिसनमा लोभ गरी काम रोकिदिएको आरोप छ ।
ठेकेदार कम्पनी स्वामीनारायण जेभीका संचालक सन्तोष बस्नेतसमेत आयोजना प्रमुख मिश्रसँग पटक पटक म्यादथपका लागि बिभाग र मन्त्रालयतिर धाइरहेका छन् । तर पटक पटक धाउँदा पनि काम हुनसकेकोे छैन ।
जिल्ला अस्पताल संखुवासभामा भोजपुरका समेत बार्षिक करिव ७० हजार विरामी उपचार गर्न आउँछन् । बिरामीको चाप बढी भएकाले अस्पतालको स्तरोन्नति गरी नयाँ भवन बनाउने गरी ८ बर्षअघि ठेक्का दिइएको थियो । नयाँ भवन निर्माण पूरा नहुँदा अस्पतालको सेवा ४ दशक अघि बनेको पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।
जिल्ला अस्पताल संखुवासभा ५० बेड क्षमताको अस्पताल हो । ५० बेडको स्वीकृति पाएको अस्पतालमा उपचार गर्ने बेड १५ वटामात्रै छन् । स्तरोन्नति सँगै नयाँ भवन निर्माण थालेको ८ बर्षसम्म पूरा हुन सकेको छैन ।
५० बेडमा स्तरोन्नति भएलगत्तै सुबिधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो । तर कहिले कोरोना महामारी त कहिले म्यादथपमा बिलम्ब हुँदा अस्पताल निर्माण अधुरै छ । खाँदबारी अस्पताल २८ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको हो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend