Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरू


    मंगलबार, पुष ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरू भएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेपछिको अवस्थाबारे आवश्यक रणनीति तय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

    आजको बैठकबाट अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन्। कांग्रेसले सोमबार नेकपा र जनता समाजवादीसँग पनि यसबारे छलफल गरेको थियो। तीनवटै दलले केन्द्रीय कार्यसमिति बैठक गरेर आवश्यक रणनीति तय गर्ने सहमति गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार