Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओलीले गराए ५ सय ५६ नयाँ केन्द्रीय सदस्यलाई शपथग्रहण


    मंगलबार, पुष ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको नयाँ केन्द्रीय सदस्यलाई आजै शपथग्रहण गराएका छन्।

    बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकबाट नयाँ सदस्यता थप गरेर आजै शपथग्रहण गराएको प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ।

    त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका छन्। नयाँ मनोनित सदस्यलाई शपथग्रहण गराएको उनले बताए।

    प्रधानमन्त्री ओलीले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार नै मनोनयन गरेको उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार