Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा ४४ लाख रुपैयाँ बराबरका तस्करीका सामान बरामद


    सोमबार, पुष १ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले पर्सा जिल्लाको विभिन्न स्थानबाट करीब ४४ लाख रुपैयाँ बराबरका भन्सारछलीका सामान बरामद गरेको छ ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले मंसिर २९ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको हो ।

    सोही ठाउँस्थित एक घरमा राखिएको अवस्थामा गोदाममा छापा मारेर १ हजार ६ सय २७ पिस कुर्ता सुरुवाल, २ हजार ७ सय ६८ पिस सल र १ हजार ७ सय २८ पिस स्काफ, लेडिज ब्याग तथा कस्मेटिक सामानहरु बरामद गरेको हो ।

    यसैगरी सोही महानगरपालिका–१६ स्थित ईनर्वा तथा अन्य नाकाहरुबाट १३ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानहरुसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

    भारतबाट अबैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटरसाइकलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाइल, मोबाइल एसोसेरिज र लत्ताकपडा सो गुल्मले मंसिर ३० गते बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु भने गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएका थिए ।

    बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार