Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली भन्छन् – पिलो निचोरेर फाल्दैमा तौल घट्दैन


    मंगलबार, पुष ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई ‘पिलो’को संज्ञा दिएका छन् ।

    नेकपा विवाद उत्कर्षमा पुगेका बेला मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले जनवादी गायक जीवन शर्माको गीत गुनगुनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ‘पिलो’को संज्ञा दिएका हुन् ।

    आफ्नो पक्षका केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दा उनले जनवादी गायक शर्माको गीत ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन…’ बोलको गीत गुनगुनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार