Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन बढ्दै, राजस्व घटदै


    बिहिबार, बैशाख ४ २०७७
    775
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ४ बैशाख  ।  कोरोना भाइरस रोकथामको लगाइएको लकडाउन बढ्दैसँगै मुलुकको राजस्व संकलनमा भने कमी हुँदै गएको छ ।   भन्सार विभागको विवरण अनुसार लकडाउन अवधिमा जम्माजम्मी दुई अर्ब राजस्व संकलन भएको छ ।

     भन्सार विभागका महानिर्देशक सुमन दाहालले चैतको राजस्व संकलन कुल लक्ष्यको ३३ प्रतिशत मात्रै भएको  जानकारी दिए । चैतमा भन्सारको संकलन लक्ष्य ३६ अर्ब थियो तर, अहिलेसम्म १२ अर्ब मात्रै संकलन भएको छ । राजस्व संकलनमा ६७ प्रतिशत कमी आएको छ ।

    संकलित राजस्वको ठूलो हिस्सा पनि लकडाउनअघिको १० दिनको हो । ‘चैत १ देखि १० गतेसम्म १० अर्ब राजस्व उठ्यो तर लकडाउन सुरु भएको ११ देखि ३० गतेसम्म २ अर्ब मात्रै संकलन भयो,’ महानिर्देशक दाहालले भने ।

    विभागका अनुसार चैत्रको लकडाउन अवधिमा २ अर्ब ८५ करोड ६७ लाख ७६ हजार ४४९ रुपैयाँ मात्रै राजस्व उठेको छ । यस अवधिमा तरकारी, पेट्रालिय र औषधिको आयात बढी मात्रामा भएको र यसमा भन्सार दर निकै कम रहेको विभागले जनाएको छ ।

    औषधि र स्वाथ्य सामाग्रीमा भन्सार नलाग्ने तथा तरकारीमा ५ प्रतिशत मात्रै भन्सारदर हुने कारणले राजस्व घटेको विभागले जनाएको छ । कलडाउन अवधिमा भैरहवा, विरगन्ज, विराटनगर, नेपालगन्ज, मेची, जलेश्वर र कृष्णनगरबाट जम्मा ६ हजार ६ सय २८ सवारी साधन भन्सार प्रवेश गरेका छन् ।

    सरकारी तलब र खार्चको मुख्य स्रोतमा कोरोना प्रहार पछि चिन्ता थपिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

    लकडाउन अवधिमा २० वटा भन्सार कार्यालयबाट आयात निर्यात भएको छ । जनकपुर भन्सारबाट भने कारोबार शून्य रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार