Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केन्द्रीय कमिटी बैठकअघि खुमलटारमा प्रचण्ड-नेपाल समूहको छलफल


    मंगलबार, पुष ७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

    मंगलबार दिउँसो १ बजे बोलाइएको केन्द्रीयय कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका केही स्थायी कमिटीका नेताहरुसहित प्रचण्ड निवास खुमलटारमा छलफल भइरहेको हो।

    केन्द्रीय समितिको बैठक, त्यसपछि पार्टीको भूमिका विषयमा छलफल भइरहेको एक नेताले बताए। अहिले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरुको बालुवाटारमा भेला गरिरहेका बेला प्रचण्ड–नेपाल पक्ष भने आन्तरिक तयारीमा जुटिरहेको छ।

    प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे बबरमहलको कार्की बैंक्वेटमा केन्द्रीय समितिको बैठक राखेको छ। यो बैठकले ओलीलाई अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय कार्यान्वयन गर्ने नेताहरुले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार