काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बालुवाटार स्रतोका अनुसार ओलीले डाकेको बैठक भर्खरै सुरु भएको हाे । बैठकमा ओली पक्षका केन्द्रीय सदस्यहरु सहभागी छन् ।
पार्टी फुट्ने अवस्थामा पुगेपछि अब के गर्ने भन्ने विषयमा ओलीले आफू निकटका केन्द्रीय सदस्यसँग छलफल गर्न बैठक बोलाइएकाे हाे ।
ओली निकट १ सय ४० जना केन्द्रीय सदस्य रहेको बताइएको छ । पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि नेकपाका दुई अध्यक्षले आज छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक डाकेका हुन् । ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठकमा पूर्वमाओवादीका तीन स्थायी कमिटी सदस्य पनि सहभागी बनेका छन् ।
स्थायी कमिटी सदस्यत्रय लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा बालुवाटार बैठकमा सहभागी हुन पुगेका हुन्। हिजोसम्म कतै नखुलेका रायमाझी र थापा पनि बैठकमा सहभागी भएको बैठक बालुवाटारमा जारी छ।
दाहाल-नेपाल समुहको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विवाद चरम उत्कर्षमा पुगेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend