Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डोल्पाकी सुत्केरीलाई हेलिकप्टरबाट उद्धार 


    बिहिबार, बैशाख ४ २०७७
    615
    Shares
  • १ मिनेट पाठ
  • डोल्पा, ४ बैशाख । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँकी  सुत्केरी बेथाले च्यापेपछि उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। २० वर्षीया विपना रोकायाको पेटमा उल्टो बच्चा भएकोले जन्माउन नसके पछि उनलाई नेपालगञ्ज पठाईको हो। 

    रोकायलाई सुत्केरी बेथाले च्यापेपछि उपचारको लागि बुधवार जिल्ला अस्पताल दुनैमा लगिएको थियो। जिल्ला अस्पताल दुनैका डाक्टर मेलिना हमाल र सिजन रावलले उल्टो बच्चा भएपनि उपचार जिल्लामै गर्न सकिने बताएका थिए। तर सुत्केरीका परिवारले आमा र जन्मने बच्चाको ग्यारेन्ट लिन भनेपछि चिकित्सकले ग्यारेन्टी लिननमानकाले परिवारको दवावमा महिला बालबालिका मान्त्रालयको राष्ट्रपति महिला उद्धारको कोष मार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी

    सुरेशसुनारले बताए। यस बर्ष मात्रै डोल्पाबाट सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १४ जनाको उद्धार भैसकेको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार